काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको छ ।
आज देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ। जल तथा मौसम विभागका अनुसार देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मधेश प्रदेशमा तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ। आज राती कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।































प्रतिक्रिया