ग्याँस सिलिण्डर किन्दै हुनुहुन्छ ? साबधान !

ग्याँस सिलिण्डर किन्दै हुनुहुन्छ ? साबधान !

केन्द्रबिन्दु
0
Shares

मलेखु, ७ पुस ।  पुरानो सिलिण्डर ग्यास प्रयोग गर्न घर पु¥याएपछि विस्फोट भएका कारण एक घर जलेर पूर्णरुपमा क्षति भएको छ । 

गल्छी गाउँपालिका वडा नं ५ सिर्वानीमा बाबुराम तिमल्सिनाले बजारबाट किनेर लगेको नमस्ते ग्यासको सिलिण्डर घरभित्र पु¥याएपछि विस्फोट भएपछि घर जलेर ध्वस्त भएको सोही वडाका वडासदस्य विन्दा अधिकारीले बताए । 

ग्यास उद्योगले बजारमा ल्याएको पुरानो सिलिण्डर किनेर लगेलगत्तै विस्फोट भएकाले क्षतिपूर्ति उपलब्ध गराउन घरधनी तिमल्सिनाले माग गरेका छन्  । मानिस घर बाहिर भएकाबेला विस्फोटन भएकाले मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडा तथा साबै सामग्री नष्ट भएको वडाध्यक्ष प्रेम तामाङले बताए । गाउँमा हालै लगिएका सबै ग्यास सिलिण्डर जाँच गर्न र पुराना सिलिण्डर फिर्ताका लागि आह्वान गर्न लागिएको तामाङको भनाइ छ । रासस

Skip This
Skip This
Logo