काठमाडौं । नेपालमा सुनको भाउ फेरि बढेको छ । गएको आइतबार तोलामा २० हजार रुपैयाँ भन्दा धेरै बढेको सुनको भाउ आज पनि बढेको हो ।
सुनको भाउ आज तोलामा चारसय रुपैयाँ बढेर ३ लाख ११ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। हिजो सुनको भाउ तोलमा २ सय रुपैयाँ घटेर ३ लाख १० हजार ९ सय रुपैयाँमा झरेको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँ बढेर ५ हजार ४०५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ तोलाको ५ हजार ३५५ रुपैयाँ पुगेको थियो। त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।





























प्रतिक्रिया