काठमाडौँ,७,पुस
प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा पहिलो शक्ति बनेको नेकपा (एमाले) को स्थायी कमिटी बैठक चुनाव पछि पहिलोपटक आज बस्दैछ । प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१ बाट पराजित पार्टी उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा बैठक आह्वान गरिएको छ । आफू पराजित हुनुमा पार्टीको आन्तरिक घात भएको नेता गौतमले गुनासो गरिरहेका बेला स्थायी कमिटीको बैठक उनकै निवासमा बोलाइएको हो ।
बैठकको कार्यसूची सार्वजनिक नगरिएको भए पनि नेकपा एमाले– नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकीकरण, निर्वाचन परिणामबारेको समीक्षा, सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको राष्ट्रियसभा गठन अध्यादेश लगायतका विषयमा छलफल हुने एक नेताले बताए । पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार समसामयिक राजनीतिक विषय र अहिले देखिएका समस्याका बारेमा बैठकमा छलफल हुनेछ । माओवादी केन्द्रसँग पार्टी एकताका लागि गठन गरिएको पार्टी एकता संयोजन समितिको बैठक चलिरहेका बेला बस्न लागेको एमाले स्थायी कमिटी बैठकबाट ठोस निर्णय आउने विश्वास एमाले नेताहरुको छ ।
गोरखापत्रबाट































प्रतिक्रिया