काठमाडौँ,७,पुस
सात वटै प्रदेश सभा सञ्चालन गर्न कम्तीमा ४६९ जना कर्मचारी आवश्यक पर्ने देखिएको छ । संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतम संयोजकत्वको संघीय संसद एवं सचिवालय र प्रदेश सभा एवं सचिवालय सम्बन्धी अध्ययन समितिले तयार पारेको प्रतिवेदन अनुसार प्रत्येक प्रदेशमा ४७ स्थायी र २० करारका कर्मचारीको आवश्यकता पर्नेछ । "/>

सबै प्रदेश सभाका लागि ४६९ कर्मचारी

सबै प्रदेश सभाका लागि ४६९ कर्मचारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,७,पुस
सात वटै प्रदेश सभा सञ्चालन गर्न कम्तीमा ४६९ जना कर्मचारी आवश्यक पर्ने देखिएको छ । संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतम संयोजकत्वको संघीय संसद एवं सचिवालय र प्रदेश सभा एवं सचिवालय सम्बन्धी अध्ययन समितिले तयार पारेको प्रतिवेदन अनुसार प्रत्येक प्रदेशमा ४७ स्थायी र २० करारका कर्मचारीको आवश्यकता पर्नेछ ।

अघिल्लो संसद र सचिवालयको चालू खर्च र कायम कर्मचारीका आधारमा प्रतिवेदन तयार पारिएको प्रवक्ता गौतमले बताए । सोही प्रतिवेदन अध्ययन गरेर प्रदेश सभा सञ्चालनका लागि सचिवालय तयार हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले बताए । अर्थ मन्त्रालयका सहसचिव केवल भण्डारीले संघीय संसद र प्रदेश सभा सञ्चालन गर्न लाग्ने अनुमानित खर्च तथा आवश्यक पर्ने कर्मचारीबारे अध्ययन प्रतिवेदनलाई आधार मानिने बताए । ‘प्रदेश सभा सञ्चालन गर्न के–कति कर्मचारी आवश्यक पर्छ भन्ने यसअघिका अध्ययन प्रतिवेदनलाई आधार बनाएर निष्कर्षमा पुगिन्छ,’ उनले भने ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo