काठमाडौँ,७,पुस
खाल्डाखुल्डी र धुलोले भरिपूर्ण काठमाडौंका सडकमा गाडीको चाप अत्यधिक छ। मेटिन लागेका जेब्राक्रस र गाडीको तीब्र गति। "/>

राजधानीका जेब्रा क्रसिङमै पैदल यात्रु असुरक्षित

राजधानीका जेब्रा क्रसिङमै पैदल यात्रु असुरक्षित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,७,पुस
खाल्डाखुल्डी र धुलोले भरिपूर्ण काठमाडौंका सडकमा गाडीको चाप अत्यधिक छ। मेटिन लागेका जेब्राक्रस र गाडीको तीब्र गति। पैदल यात्रु गन्तव्य सम्म पुग्ने हुन् कि अस्पताल सधैँ जोखिम हुने गर्छ। जेब्रा क्रसिङ भनेको पैदल यात्रुलाई बाटो काट्न बनाइएको विशेष ठाउँ हो।

त्यही भएर जेब्रक्रसिङमा पैदलयात्रु ढुक्क भएर बाटो काट्न खोज्छन्। तर सवारी चालकले गति कम नगर्दा जेब्राक्रसिङमा यात्रु सधैँ डराउनु पर्छ । ट्राफिक प्रहरी बस्ने ठाउँमा जेब्रा क्रसिङमा बाटो काट्न केही सहज हुनेगर्छ । तर सबै ठाउँमा ट्राफिक बस्दैनन् । ट्राफिक नभएका ठाउँमा अधिकांश चालक नियम मिच्दै तीब्र गतिमा सवारी चलाइरहेका भेटिछन्। जेब्रा क्रसिङमा सवारी साधनले गति सीमित गर्नु पर्ने हो। उस्तै परे गाडी रोकेरै पैदल यात्रुलाई बाटो छोड्नु पर्ने हो । तर पैदल यात्रु देखी देखी पनि सवारी साधनले गति कम गर्दैनन्।

चावहिलका वसन्त अर्याल सवारी चालकको जबरजस्ती र लापरवाहीले पैदलयात्रुको ज्यान जोखिममा रहेको बताउँछन्। ‘जेब्रा क्रसिङ पैदल यात्रुका लागि बाटो काट्न तोकिएको ठाउँ हो। त्यहीँबाट बाटो काट्दा असुरक्षित हुनु पर्ने अवस्था छ’, भद्रकालीमा बाटो काट्दै गर्दा भेटिएका उनी भन्छन्। जेब्राक्रसमा तीब्र गतिमा सवारी चलाउनेमा मोटरसाइकल र सार्वजनिक सवारी साधन अगाडि देखिन्छन्। पैदलयात्रु तथा सवारी साधनका लागि भनी बनाइएका ट्राफिक लाइटहरू सबै ठाउँमा काम लाग्ने अवस्थामा छैनन् । जेब्रा क्रसका लागि बनाइएका लाइट पनि सबै काम लाग्ने छैनन् । यसले गर्दा पनि सवारी चालकलाई पैदलयात्रु पेल्न सहज भएको छ।
नागरिकबाट

Skip This
Skip This
Logo