नेतृत्वले मिलाउँछ, होइन भने हामी मिलाउँछौ : नेता खड्का

नेतृत्वले मिलाउँछ, होइन भने हामी मिलाउँछौ : नेता खड्का

केन्द्रबिन्दु
0
Shares

कम्यूनिष्ट पृष्ठभूमिमा हुर्किएका माओवादी केन्द्रका केन्द्रीय सदस्य विशाल खड्का १६ बर्षकै उमेरदेखि शसस्त्र जनयुद्धमा होमिए । द्धन्द्धकै क्रममा जेल परे, त्यो पनि ८–८ बर्ष । उनको परिवार द्धन्द्धको घाउले नमिठो गरी पिल्सिरह्यो । परिवारका सबैजसो पूर्णकालिन रुपमै आन्दोलनमा लाग्दा उनका एक दाजुले सहादत प्राप्त गरे । उनको परिवारका केही सदस्यले अनाहकमा ज्यान गुमाउनु पर्यो ।

माओवादीका उनै युवा नेता खड्का यतिवेला दोलखा जिल्लाको प्रदेश ‘क’ बाट भारी मतान्तरले निर्वाचित भएका छन् । प्रदेश सभामा अत्याधिक मत ल्याएर विजयी हुने उनी पहिलो उमेद्वार समेत हुन्, माओवादी केन्द्रका तर्फवाट । खड्काले १५ हजार ३ सय ९५ मतको फराकिलो मतले नेपाली कांग्रेसका उम्मेदवार बर्मा लामालाई हराएका छन् । प्रस्तुत छ, परिर्वतन र समृद्धीका लागि काम गर्ने आफूसँग योजना र खाका रहेको बताउने नेता खड्कासँग केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दु टिभीले गरेको कुराकानीको सम्पादीत अंश –

भिडियो हेनुहोस्

निक्कै फराकिलो मतले निर्वाचित हुनु भयो ? कसरी सम्भव भयो ?
–बामगठबन्धन र जनताको मन जितेर नै यो मत आएको हो । अब अरु कारण नै भन्ने हो भने पहिलो त दोलखा पञ्चायतकालदेखि नै कम्युनिष्टको पकड भएको क्षेत्र, दोस्रो आफू सहिद परिवारबाट आएको प्रतिनिधि हु । मेरो परिवार आफन्त २३/२४ जना नै आन्दोलनमा लागेको र तेस्रो कुरा दोलखा भन्दा बाहिर नगइ त्यहीका जनताको सुखदुःखमा निरन्तर लागिपर्नु नै मेरो जीतको कारण हो भन्ने लाग्छ ।

यो चुनाबी परिणाममा बामगठबन्धनको भूमिका चाही कस्तो रहयो ?
–निश्चय पनि बामगठबन्धनको स्वभाविक भूमिका रहे नै तर व्यक्ति महत्वपूर्ण कुरा हो भनेर पनि भुल्न मिल्दैन ।

दोस्रो संविधान सभामा हार्नु भयो तर अहिले फराकिलो मतले जित्नु भयो कारण चाही के देख्नु हुन्छ ?
–तेस्तो ठूलो कुरा खास केही छैन । हिजो र आजको म्यान्डेट फरक छ । हिजो संविधान र्निाणका लागि चुनाब भएको थियो आज विकास र समृद्धिका लागि । फेरि हिजो हार्ने र हराउने नै आज संगैसंगै एउटै लक्ष्य र उद्देश्यले मैदान उत्रिए । र अर्को कुरा दोलखामा नमूना कै रुपमा सौहार्दपूर्ण वातावरणमा चुनाब सम्पन्न भयो । निष्पक्ष रुपमा जनताले नेतृत्व चुनेका छन् ।

जीत्नेले निष्पक्ष भन्ने अनि हार्नेले धाधली भो भन्ने परम्परा नै देखिन्छ तर यस पटक उति देखिएन ।
–अब संस्कार फेरिएको छ भन्न सकिन्छ । यस पटक फरक अनुभूति भएको छ । हार बेहोरेको कांग्रेसले हामीलाई शुभकामना दिएको छ ।

१५ हजार मतान्तरले वीजयी हुनु भएको छ, अब के हुन्छ ?
– हामीप्रतिको विश्वास अनुमोदन भएको छ । संविधान निर्माणको जसरी कोर्ष पूरा भएको छ । अब कार्यान्यनका लागि समृद्धि तर्फ जान जनताको जनादेश प्राप्त भएको छ भन्ने लागेको छ ।

त्यसो हो भने अब तपाइको आफ्नो भूमिका चाही के रहन्छ त ?
–म पार्टी भन्दा बाहिर जान त सक्दिन तर जनताको विश्वासलाई निराश बनाउने छैन ।

३ नं प्रदेशको निर्वाचन परिणाम हेर्दा एमालेले माओवादी केन्द्रलाई सरकारमा राख्नु पर्ने जरुरत देखिदैन । के गर्नु हुन्छ तपाईहरु ?
–यो परिणाम दुई पार्टीको संयुक्त घोषणा पत्रको परिणाम हो । त्यसैले अब फरक–फरक रुपमा हेर्न मिल्दैन ।

त्यसो हो भने माओवादी केन्द्रका लागि कस्तो–कस्तो पद देख्नु भएको छ ?
–देश नयाँ संरचनामा गएसंगै यो चुनाब र अबको सरकारको गठन प्रक्रियादेखि सबै कार्य नयाँ भएकाले सबै प्रतिनिधिका लागि यो वातावरण नयाँ नै हो । तर पार्टीगत भूमिका र जिम्मेवारीका हिसाबले म भन्दा पनि अनुभविहरु हुनुहुन्छ । उहाँहरुलाई सघाउँन पनि म तयार नै छु ।

तपाइ आफू पनि मुख्यमन्त्रीका लागि दाबेदार देखिनुहुन्छ । सम्भावना कति देख्नु भएको छ ?
–१६ बर्षमै जनयुद्धमा लागे । संघर्षको नेतृत्व गरेकै हो । समयले हिजो भन्दा परिपक्व बनाएको छ । सरकारको नेतृत्व गर्न किन नसक्ने ? तर पार्टीको निर्णय मान्नै पर्छ, पार्टीले मूल्यांकन गरेर जे भूमिका दिन्छ । तर म पनि योग्य छु ।

यो प्रदेशको विकास र समृद्धिका लागि तपाईका आफ्ना योजना चाही के छन् ?
– यो प्रदेश प्रसस्त सम्भावना भएको क्षेत्र हो । यहाँ परिवर्तको महसुस गराउन सकिन्छ । चेतानाको विकास भएको छ । नयाँ पुस्ता आएकाले अब नयाँ ढंगले सोच्नै पर्छ । यही प्रदेशमा दुई छिमेकी राष्ट्रसंग जोडिने नाका छन् । ती नाकालाई खुला गर्दै व्यवस्थित गर्नुपर्ने हुन्छ । यस्तै औद्योगिक क्षेत्र भनेर एक समय कहलिएका शहर पनि यहीँ छन् । काठमाडौैं, हेटौडा, रसुवा दोलखा उद्योग तथा पर्यटनका लागि प्रचुर सम्भावना बोकेका ठाउँ हुन् ।

३ नम्बर प्रदेशको केन्द्र कहाँ हुनु पर्छ भन्ने लाग्छ ?
–वैकल्पिक शहरको विकल्प रोज्नु पर्छ । मैले दोलखामै हुनु पर्छ भनेर भोट मागेको छैन । र त्यसो भन्न सुहाउँदैन पनि । आन्तरिक र बाहिय विमानस्थान एकै ठाउँमा छ । त्यसको पनि विकल्प हुने गरी सोच्नु पर्छ । मैले देखेको भनेको बनेपा र पाँचखालसम्मको एरिया उपयुक्त होला ।

प्रदेशको नाम के रहनु पर्ला ?
–केही ऐतिहासिकतालाई रोज्नुपर्ला । यसमा भूगोल, इतिहास, संस्कृति लगायतका विज्ञहरुसंगको छलफलपछि भन्न सकिएला ।

यो बामगठबन्धन कहाँ सम्मको हो ?
–गठबन्धन चुनासम्मका लागि मात्रै होइन । यो अब एउटै पार्टी हो । नत्र जनताले दिएको म्यान्डेटको अर्थ रहदैन । जनताले दुई पार्टी एकै भएका हुन् भन्ने बुझेर मत दिएका छन् । अब यी दुई पार्टी एक भएर विकास र उन्नती गर्लान भन्ने बुझाइले दिएको मतको सम्मान गर्नुपर्छ ।

यहाँले चुनाबपछि पार्टी अध्यक्ष प्रचण्डसंग भेट गरीसक्नु भयो होला । के बुझ्नु भएको छ त यो पार्टी एकिकरणका सम्बन्धमा ?
–यसबारे मेरो कुरा भएको छ । तर पार्टी अध्यक्षले अब यसमा अल्झिने होइन । मिलेर एउटै पार्टी भएर अघि बढ्ने बिचार ब्यक्त गर्नु भएको छ ।

तर बिचार कसरी मिल्ला त ?
– केही अघिसम्म हामी एक अर्कालाई निल्ने हिसावमा थियौं । तर यो दुवैकालागी संभव नभएपछि अव हामी निल्ने होइन, मिल्ने नीतिमा अघि बढेका छौं । केही समय लाग्ला, तर मिल्छ ।

दुवै पार्टीका अध्यक्षलाई केही संदेश पठाउनु पर्यो भने तपाई के भन्नु हुन्छ ?
– ‘तपाईंहरु मिल्नुहोस्, जनताको म्यान्डेट यही छ । यही तपाईंहरु मिल्न सक्नु हुन्न भने हामीसँग छ, मिल्ने–मिलाउने सोच र खाका ।’ यही भन्न चाहान्छु, दुई अध्यक्षलाई ।

 

 

 

 

Skip This
Skip This
Logo