अध्यक्ष ओलीको भाषणपछि योगेश भट्टराईले सुनाए ‘बस जोगाउने बुढो मान्छे’ को कथा !

अध्यक्ष ओलीको भाषणपछि योगेश भट्टराईले सुनाए ‘बस जोगाउने बुढो मान्छे’ को कथा !

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । चुनाव हारेपछि पहिलाेपटक भाषण गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि उपमहासचिव योगेश भट्टराईले व्यङ्ग्य प्रहार गरेका छन् ।

भट्टराईले एमालेको सातौँ राष्ट्रिय महाधिवेशन (जनकपुर) को प्रसङ्ग उल्लेख गर्दै आफूलाई मात्र ‘रक्षक’ ठान्ने प्रवृत्तिमाथि व्यङ्ग्य गरेका हुन्।

भट्टराईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको उक्त कथामा एक वृद्ध पात्रको चित्रण गरिएको छ, जसले गुडिरहेको बस पल्टिनबाट आफ्नै जोडले जोगिएको भ्रम पालेको हुन्छ । कथाअनुसार, ती वृद्धले उबडखाबड बाटोमा बस हल्लिँदा भित्रको फलामको डन्डीलाई विपरीत दिशातिर तान्ने गर्थे। बस गन्तव्यमा पुगेपछि उनले अन्य यात्रीहरूलाई जम्मा गरेर भनेका थिए, “आज तपाईंहरू सबै मेरो कारणले बच्नुभयो, पल्टिन लागेको बसलाई मैले डन्डीमा तानेर जोगाएँ।”

उपमहासचिव भट्टराईले आजको सन्दर्भमा यो कथाको ‘खुब सम्झना’ भएको उल्लेख गर्नुलाई एमाले वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

Skip This
Skip This
Logo