राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको १७ औं संस्कारण कोशी प्रदेशमा

राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको १७ औं संस्कारण कोशी प्रदेशमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको १७ औं संस्कारण कोशी प्रदेशमा फागुन १९ देखि २२ सम्म हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य–सचिव विप्लव घोषलाई झण्डा हस्तान्तरण गरे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले नगर, जिल्ला र प्रदेश हुँदै केन्द्रसम्म आइपुग्दा यस प्रतियोगिताले देशको कुनाकाप्चामा रहेका प्रतिभावान युवालाई खेलकुदको मूल प्रवाहमा जोड्ने काम गरेको बताए ।

प्रतियोगितामा सातै प्रदेशबाट ९८ का दरले कुल ६ सय ८६ खेलाडी सहभागी छन् । विभिन्न ६ खेल समावेश प्रतियोगितामा ६६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा २६, भलिबल र कबड्डीमा २–२ तथा कराते, तेक्वान्दो र उसुमा १२–१२ विधामा प्रतिस्पर्धा हुनेछ ।

Skip This
Skip This
Logo