काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज मलेसियाको सामना गर्दा नेपाल लगातार दोस्रो जितसहित समूह विजेता बन्ने लक्ष्यमा हुनेछ ।
खेल सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार मध्याह्न १२:१५ मा सुरु हुनेछ । यस खेलबाट समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लाग्नेछ । खेल जित्ने टोली समूह विजेता तथा पराजित हुने टोली उपविजेता बन्नेछन् ।
पहिलो खेलमा दुवै टोलीले चीनलाई पराजित गरेका थिए । नेपाल २२१ रन र मलेसिया नौ विकेटले विजयी भएका थिए । नेपाल र मलेसिया दुवैले एसियन गेम्समा स्थान पक्का गरिसकेका छन् ।
नेपाल र मलेसियाबीच हालसम्म १० ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा खेल भएका छन् । जसमा नेपालले नौ जित र एक हारको नतिजा निकालेको छ ।































प्रतिक्रिया