हेटौंडा । बागमती प्रदेशमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एकहजार ६ सय ५८ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय बागमतीका अनुसार उपत्यकाका तीन जिल्ला बाहेकका १० जिल्लामा साउनदेखि वैशाख महिनासम्ममा दुई सय ८१ जनाले ज्यान गुमाएका छन् भने तीन हजार दुईसय ९६ जना घाइते भएका छन् ।
गत आर्थिक वर्ष २०८१/०८२ मा यी दश जिल्लामा २ हजार ४ सय २२ सवारी दुर्घटनामा ३०४ जनाको मृत्यु भएको थियो । यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ५ सय ३६ सवारी दुर्घटना भएको थियो । जसमा ३१५ जनाले ज्यान गुमाएको तथ्याकंले देखाएको छ । तथ्याकंका अनुसार आर्थिक वर्ष २०८१/०८२ को तुलनामा अघिल्लो वर्ष मृतक संख्या ११ ले कम हो ।
यसैगरी अघिल्लो आव २०८०/०८१ मा १ हजार ५ सय ३६ सडक दुर्घटना भएका थिए । गत आर्थिक वर्ष २०८१/०८२ मा २ हजार ४ सय २२ दुर्घटना भएका थिए । जसअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ८ सय ३६ घटना बढी भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा छ ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १ हजार ६ सय ५८ सवारी र्दुघटना भएका छन् । बागमतीको चितवनमा सबैभन्दा धेरै सवारी दुर्घटना हुने गरेको तथ्यांक छ । गत आर्थिक वर्षमा सवारी दुर्घटनाका कारण चितवनका मात्रै १२० जनाले ज्यान गुमाएका छन् । यसवर्ष चितवनमा यो अवधिमा ज्यान गुमाउनेको संख्या ८९ पुगेको छ । दश महिनामा चितनवमा ४ सय ८४ सवारी दुर्घटना भएका छन् । ८७ जना गम्भीर घाइते भएका छन् भने ८ सय ९ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ ।
दुर्घटनाको कारण ज्यान गुमाउनेको संख्या धेरै चितवन पछि मकवानपुरका छन् । मकवानपुरमा गत आवमा मा ४ सय ७ सवारी दुर्घटनामा परेर ५० जनाले ज्यान गुमाएका थिए । यसवर्ष मकवानपुरमा ५३ जनाको मृत्यु भएको छ । सडकको दुरावस्था,चालकको लापरबाही, सवारी साधनको बढ्दो चाप र बाढीपहिरोसहित जोखिमयुक्त सडक मार्ग भएकाले सवारी दुर्घटना दैनिक रुपमा बढ्दै गएको प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक दिपक रेग्मीले बताए ।































प्रतिक्रिया