काठमाडौं,६, पुस
नेपालका ग्याँस उद्योगहरुलाई सुरक्षित बनाउन सरकारी पक्षबाट निगरानी कम हुने गरेको स्वयम् ग्याँस उद्योगीहरुले बताएका छन् । "/>

नेपालका ग्याँस उद्योगहरुको नियमन आवश्यक

नेपालका ग्याँस उद्योगहरुको नियमन आवश्यक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,६, पुस
नेपालका ग्याँस उद्योगहरुलाई सुरक्षित बनाउन सरकारी पक्षबाट निगरानी कम हुने गरेको स्वयम् ग्याँस उद्योगीहरुले बताएका छन् । नेपालमै पहिलोपटक बुधबार वीरगञ्ज स्थित सुपर ग्यास उद्योगमा आगो लागेको हो । यसअघि सामान्य सिलिन्डर पड्किने र आगो लाग्ने गरे पनि ग्याँस उद्योगमै आगलागी भएको भने पहिलो पटक हो । आगलागीपछि उद्योगीहरु स्वयंले केही उद्योगीहरुले हेलचेक्र्याइँ गरेर उद्योग सञ्चालन गरिरहेको स्वीकारेका छन् ।

ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले नेपालका ग्याँस उद्योगहरुलाई सरकारी पक्षबाट समेत नियमन गर्न आवश्यक रहेको बताए । विश्वमा विभिन्न किसिमका प्रविधिहरु निस्किरहेकोले त्यसको प्रयोग अनिवार्य रुपमा गर्नु पर्ने उनको भनार्इ छ । उनले भने, ‘म आफैँ पनि उद्योगी हुँ, मैले आफ्नै निगरानीमा उद्योग सञ्चालन गर्ने गरेको छु । वीरगञ्जको घटना र नेपालको उद्योगको सुरक्षाको कुरालाई दाँजेर हेर्न नमिल्ने भए पनि नेपालको ग्याँस उद्योग असुरक्षित रहेको म स्वीकार्छु ।’

वीरगञ्ज स्थित सुपर ग्याँस उद्योगमा आगो लाग्नुको कारण भने भारतीय असुरक्षित बुलेट रहेको उनले दाबी गरे । आईओसीले नेपालमा पठाउने ग्याँस बोक्ने बुलेटहरु पुराना हुने गरेको अध्यक्ष भण्डारीको आरोप छ । उनले एक त गाडी पुराना हुनु र अर्को कुरा अनलोड गर्ने क्रममा सावधानी नपनाउनु आगोलागीको कारण रहेको उनले बताए । उनका अनुसार नेपालको आफ्नै ट्यांकर छैन । नेपालमा चल्ने सबै भारतीय ट्यांकर हुन् र ती २० वर्ष पुराना रहेको उनले जानकारी दिए । भारतीय मापदण्ड अनुसार त्यहाँ चलाउन नपाइने भएकाले ती ट्यांकर नेपालमा चलाइएको उनको दाबी छ ।
आर्थिक दैनिकबाट

Skip This
Skip This
Logo