फ्रान्स पराजित

फ्रान्स पराजित

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । आगामी सन् २०२६ को फिफा विश्वकपको तयारीका क्रममा खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा आइभोरी कोस्टले बलियो प्रतिद्वन्द्वी फ्रान्समाथि सनसनीपूर्ण जित दर्ता गरेको छ। गएराति भएको प्रतिस्पर्धात्मक खेलमा आइभोरी कोस्टले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

खेलको पहिलो हाफमा फ्रान्सले सुरुवाती अग्रता लिएको थियो। फ्रान्सका लागि खेलको ४५औँ मिनेटमा रायन चेर्कीले उत्कृष्ट गोल गर्दै टोलीलाई पहिलो हाफसम्म १-० को अग्रता दिलाए।

तर, दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै ‘द एलिफन्ट्स’ उपनामले चिनिने आइभोरी कोस्टले खेललाई आफ्नो पक्षमा पार्यो। खेलको ५३औँ मिनेटमा गुएला दुएले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। त्यसपछि खेल सकिन केही मिनेट मात्र बाँकी छँदा एमाद डियालोले निर्णायक गोल गर्दै आइभोरी कोस्टको ऐतिहासिक जित पक्का गरे।

Logo