काठमाडौं । माजा चवलिन्स्काले नयाँ इतिहास बनाउँदै फ्रेन्च ओपन २०२६ को फाइनल यात्रा तय गरेकी छिन् । उनी प्रतियोगिताको १ सय १४ वर्ष लामो इतिहासमा फाइनल पुग्ने पहिलो क्वालिफायर पनि भएकी छिन् ।
उनको वरीयता १ सय १४ रहेको छ । उपाधिको भिडन्तमा उनको सामना अब मिरा आन्द्रेभासँग हुनेछ । यसका लागि पोल्यान्डकी चवलिन्स्काले डायना स्नाइडरलाई ७–६ र ६–४ ले पराजित गरिन् ।
त्यस अगाडि रुसकी १९ वर्षीया खेलाडी आन्द्रेभाले मार्टा क्यास्ट्युकलाई ६–१ र ६–३ ले हराएकी थिइन् । उनी पनि आफ्नो खेल जीवनको पहिलो ग्रान्ड स्लामको फाइनल पुगेकी हुन् । फाइनल शनिबार हुनेछ ।





























प्रतिक्रिया