आजको मौसम :तराईमा तातो दिन हुने, केही ठाउँमा पानी पर्ने

आजको मौसम :तराईमा तातो दिन हुने, केही ठाउँमा पानी पर्ने

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । जसको कारण
कोशी प्रदेश लगायत देशको हिमाली भुभागमा साधारणतया बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ । ती स्थानमा सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरको छ ।

आज राती कोशी प्रदेशका थोरै स्थानहरूमा, मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

Logo