हङकङविरुद्ध कुशल भुर्तेलको उत्कृष्ट अर्धशतक

हङकङविरुद्ध कुशल भुर्तेलको उत्कृष्ट अर्धशतक

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । सिंगापुरमा जारी एघारौं संस्करणको ‘मेन्स टी–२० आई एसियन गेम्स क्वालिफायर’ को फाइनल खेलमा हङकङले दिएको १८९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले सानदार सुरुवात गरेकाे छ ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले आक्रामक सुरुवात गरेकाे थियाे । ओपनर आसिफ शेख डक आउट भए पनि अर्का ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेलले नेपाली इनिङ्सलाई सम्हाल्दै विस्फोटक ब्याटिङ गरे।

कुशल भुर्तेलले मात्र ४१ बलमा ८ चौका र ३ छक्काको मद्दतले ६५ रनको सानदार अर्धशतकीय इनिङ्स खेले। यो समाचार तयार पार्दासम्म नेपालले ११ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाइसकेको छ।

Logo