काठमाडौं,३, पुस
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भदौ १४ गते देखि लागू गरेको निर्वाचन आचारसंहिता मंसिर २७ गते देखि नै हटाएको जानकारी गराएको छ । "/>

निर्वाचन आचार संहिता हटाइयो

निर्वाचन आचार संहिता हटाइयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,३, पुस
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भदौ १४ गते देखि लागू गरेको निर्वाचन आचारसंहिता मंसिर २७ गते देखि नै हटाएको जानकारी गराएको छ । आयोगको मंसिर २६ गतेको बैठकले निर्वाचन आचारसंहिता लागू नरहने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । निर्वाचन आचारसंहिता अनुसार आयोगले तोकेका निकायका लागि तोकिएको अवधिभर संहिता लागू हुनेछ ।

नेपाल सरकार र नेपाल सरकारका मन्त्री, स्थानीय तह, स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा यस्तै निकायमा कार्यरत सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिका लागि आयोगले मंसिर १० र २१ गते हुने निर्वाचनका लागि भदौ १४ गते देखि निर्वाचन आचारसंहिता लागू गरेको थियो । उम्मेदवारको हकमा भने मनोनयन दर्ता गराएको मिति देखि निर्वाचन आचारसंहिता लागू भएको थियो ।
रासस

Skip This
Skip This
Logo