काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कइोरालाको सचिवालयले संस्थापन पक्षले सहमतिका लागि सातबुँदे प्रस्ताव पठाएको भन्ने हल्ला निराधार भएको बताएको छ।
कोइरालाको सचिवालयले विज्ञप्ति जारी गरी पार्टी भित्रको विवादमा संस्थापन पक्षले सहमतिको प्रस्ताव पठाएको भन्ने कुराको खण्डन गरेको हो।
कोइरालाको सचिवालयले भनेको छ, ‘बाहिर हल्ला गरिएअनुसार नेपाली कांग्रेस संस्थापन पक्षले सहमतिका लागि सातबुँदे प्रस्ताव पठाएको भन्नेबारे डा. शेखर कोइराला र उनको सचिवालयलाई अहिलेसम्म कहीँ कतै जानकारीमा छैन। यस्ता मनगढन्ते, कपोलकल्पित र भ्रामक सूचनाको भ्रममा कोही नपर्नुहोला।
कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनेपछि २०८२ चैत्र २२ गते प्रदीप पौडेल र २०८३ वैशाख २२ गते गगन थापाले नेता शेखर कोइरालालाई विशालनगरस्थित सचिवालयमा आएर भेट्नुभएको हो। त्यसभन्दा पछाडि कोही कसैसँग कुनै पनि संवाद र सम्पर्क भएको छैन।’





























प्रतिक्रिया