प्रतिनिधिसभाको बैठक सर्‍याे

प्रतिनिधिसभाको बैठक सर्‍याे

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक सरेको छ । आज बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक सुरु नै हुन नसकी आजै दिउँसो २ बजे बस्ने गरी सरेको हाे ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकाल्दै भनेका छन्, ‘बुधबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम २ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

विपक्षी दलले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिमा प्रश्न उठाउँदै त्यसबारे उनले नै सदनमा आएर स्पष्ट पार्नुपर्ने र विवादित अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने माग गर्दै आएका छन् ।

Logo