काठमाडौं । फिफा विश्वकप २०२६ भोलिबाट सुरु हुँदैछ । फुटबलको यो महाकुम्भको इतिहासमै पहिलो पटक, तीनवटै आयोजक राष्ट्र—संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले छुट्टाछुट्टै उद्घाटन समारोह आयोजना गर्दैछन् ।
फिफाले सार्वजनिक गरेको सांगीतिक कार्यक्रमको कलाकार सूचीमा विश्व चर्चित पप स्टारदेखि स्थानिय सांगीतिक आइकनहरूको ठुलो जमघट हुनेछ । प्रतियोगिताको पहिलो उद्घाटन खेल जेष्ठ २८ गते मेक्सिको सिटीको प्रतिष्ठित एज्टेका रंगशालामा हुनेछ ।
मेक्सिकन संस्कृति र ल्याटिन संगीतको उत्सवको रूपमा रहने यस समारोहमा मेक्सिकोका सुपरस्टार अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, जे बालविन, ड्यानी ओसिएन, प्रख्यात ब्यान्ड माना र लस एन्जलस अजुलकाका साथै, लिला डाउन्स र टाएलाले प्रस्तुति दिनेछन् भने अमेरिकामा हुने पहिलो खेलअघिको महा–शो’मा ग्लोबल पप आइकन केटी पेरी, ब्राजिलियन स्टार अनित्ता, कोलम्बियाली फुएर्जा रेजिडा, ब्ल्याकपिङ्ककी सुपरस्टार लिसा, नाइजेरियाली अफ्रोबिट्स स्टार रेमाका साथै, चर्चित गायिका टाइलाले पनि प्रस्तुति दिनेछिन् ।
त्यस्तै, सोही दिन क्यानडामा हुने अर्को खेलमा क्यानडाकी रक लिजेन्ड अलानिस मोरिसेट र ज्याज क्रोनर माइकल बबल, चर्चित पप गायिका एलेस्सिया कारा र आर एन्ड बी स्टार जेस्सी रेयेज, बलिउड जगतबाट परिचित नोरा फतेहीका साथै सन्जोए, भेगेड्रिम, एलिएना र विलियम प्रिन्सलगायत कलाकारहरूको प्रस्तुति दिनेछन् ।





























प्रतिक्रिया