रवि लामिछाने संसद अवरोध खुलाउन प्रयासरत

रवि लामिछाने संसद अवरोध खुलाउन प्रयासरत

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने संसद अवरोध खुलाउन प्रयासरत रहेका छन् ।

सिंहदरबारस्थित संसद्को कार्यव्यवस्थाको हलमा अहिले बसिरहेको सर्वदलीय बैठकमा सभापति लामिछानेसहित नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बे, नेकपा एमालेका रामबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन लगायतका नेताहरू सहभागी छन् ।

प्रधानमन्त्री बालेन शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर सदन अवरुद्ध गर्दै आइरहेका छन् । यसमा सभापति लामिछाने आफैं अवरोध खुलाउन अघि बढेका हुन् ।

Logo