काठमाडौं,पुस,२
काठमाडौंबासीले मेलम्ची खोलाको पानी खान अब अर्को एक वर्ष कुर्नु पर्ने भएको छ। आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गतको मेलम्ची उपआयोजना–२ ले मेलम्चीको पानी अर्को वर्ष मात्रै वितरण गर्ने जनाएपछि काठमाडौंबासीमा निरासा छाउन थालेको छ। "/>

मेलम्चीको पानी अर्को वर्ष मात्रै उपत्यका आउने !

मेलम्चीको पानी अर्को वर्ष मात्रै उपत्यका आउने !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,पुस,२
काठमाडौंबासीले मेलम्ची खोलाको पानी खान अब अर्को एक वर्ष कुर्नु पर्ने भएको छ। आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गतको मेलम्ची उपआयोजना–२ ले मेलम्चीको पानी अर्को वर्ष मात्रै वितरण गर्ने जनाएपछि काठमाडौंबासीमा निरासा छाउन थालेको छ। आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीला ढकालले काठमाडौंबासीले अर्को वर्ष देखि मात्रै खानेपानी प्रयोग गर्न पाउने बताए । उनले भने– ‘वर्षा शुरु हुनु अगावै खानेपानीको पाइपलाइन बिच्छ्याएर सडक कालोपत्रे गर्छौं। त्यो काम सकेपछि अर्को वर्षको सुख्खा याममा मात्रै यहाँका स्थानीयले पानी पिउन पाउने छन्। हामी घरघरमा पानी पुर्याउने योजनामा छौं।’

अहिले उपत्यकाका विभिन्न वितरण सञ्जालमा भल्ब चेम्बर बनाउने, पाइपलाइन विस्तार गर्ने, खानेपानी ट्यांकी बनाउने, पाइप बिच्छ्याउन खनेको सडक कालोपत्रे गर्ने, घरघरमा धारा जडान गर्ने काम भइरहेको निर्देशनालयले जानकारी दिएको छ। निर्देशनालयका प्रवक्ता ढकालले उपत्यकामा भइरहेको कामको बारेमा जानकारी गराउँदै भने– ‘भल्ब चेम्बर बनाउने कार्य भइरहेको छ। यो ३ महिना भित्र सम्पन्न गर्ने हामीले लक्ष्य लिएका छौं।’

उनका अनुसार पाइपलाइन विस्तार गर्ने कार्य ९३ प्रतिशत सम्पन्न भइसकेको छ। साना पाइपलाइन ३५ किमि र ठूलो पाइपलाइन ७ किमि अझै विस्तार गरी बिच्छ्याउन बाँकी छ। अहिले निर्देशनालयले पाइपलाइन विस्तार गर्दा भत्काइएको सडक पनि धमाधम कालोपत्रे गरिरहेको छ। यो काम ३५ प्रतिशत सकिएको निर्देशनालयले जनाएको छ। त्यस्तै गरी उपत्यकाको विभिन्न ठाउँमा बनाउने भनिएको ९ पानी ट्यांकी मध्ये ८ सम्पन्न भइसकेको र १ को निर्माण शुरू गर्ने तयारीमा रहेको निर्देशनालयले जनाएको छ। सुरुङ सम्पन्न हुन अब ७४० मिटर बाँकी छ। अहिले निर्माण पक्षले दैनिक १५ मिटर खनिरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले बताए ।

उनका अनुसार आउँदो जनवरी भित्र सुरुङ खन्ने कार्य सम्पन्न गर्न ठेकेदार पक्ष लागिपरेको छ। अहिले अम्बाथान–ग्याल्थुम र ग्याल्थुम–सिन्धुको ४ खण्डमा सुरुङ खन्ने कार्य भइरहेको छ। हाल सम्म २३ अर्ब ५४ करोड खर्च गरिसकेको आयोजनाले सुरुङ खन्ने कार्य ९७ प्रतिशत सम्पन्न गरिसकेको छ। २ सय ४० मिटर बाँकी रहेको अम्बाथान–ग्याल्थुम खण्डमा यही डिसेम्बर र ग्याल्थुम–सिन्धुखण्डको सुरुङ ५ सय मिटर जनवरी भित्र ब्रेक थ्रु गर्ने लक्ष्य निर्माण पक्षले लिएको छ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo