सीमाक्षेत्र नजिक प्रहरी र स्थानीयबिच झडप हुँदा ६ घाईते

सीमाक्षेत्र नजिक प्रहरी र स्थानीयबिच झडप हुँदा ६ घाईते

केन्द्रबिन्दु
0
Shares

रौतहट । रौतहटको बौधीमाई नगरपालिका–७ बंकुल टोलस्थित नेपाल–भारत सीमाक्षेत्र नजिक लुकाएर राखेको फर्सीको बीउ नियन्त्रणमा लिने क्रममा बुधबार राती प्रहरी र स्थानीयबिच झडप भएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरीका डीएसपी बसन्त गौतमले जानकारी दिए । झडपमा तीन सुरक्षाकर्मीसहित ६ जना घाईते भएका छन् । भारतबाट अबैध रुपमा ल्याएर बंकुल टोलको मस्जिद पछाडि लुकाई राखेको अवस्थामा फर्सीको बिउ नियन्त्रणमा लिने क्रममा स्थानीयले अवरोध गरेपछि झडप भएको प्रहरीले जनाएको छ ।

डीएसपी गौतमका अनुसार झडपमा बौधीमाई–७ का ४० बर्षिया सुदामा देवी राय, ४० बर्षिया हिरा मोतिया देवी यादव, ४५ बर्षिय जयलाल ठाकुर हजाम घाईते भएका छन् । झडपको क्रममा प्रहरीतर्फ बरिष्ठ हवल्दार गजेन्द्र यादव तथा सहायक हवल्दारद्वय सम्झना चौधरी र देवराज महतो घाइते भएको जिल्ला प्रहरीले जनाएको छ ।

घाईते सुरक्षाकर्मीको प्रादेशिक अस्पताल गौर र स्थानीयको चन्द्रज्योति कान्ती अस्पताल बंकुलमा उपचार भइरहेको छ ।

Logo