उद्योगपतिहरुद्धारा नेपाल मेडिसिटी अस्पतालको अवलोकन

उद्योगपतिहरुद्धारा नेपाल मेडिसिटी अस्पतालको अवलोकन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता ।

काठमाडौँ, १ पुष । नेपालका उद्योगपति एवम् व्यक्तित्वहरुले पनि नेपाल मेडिसिटी अस्पतालको अवलोकन भ्रमण गरेका छन् । उनीहरु ललितपुरको सैंबुस्थित् अस्पताल परिसर पुगेर अवलोकन गरेका हुन् ।

प्रसिद्ध उद्योगपति एवम् गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको लगानीमा सञ्चालनमा आएको नेपाल मेडीसिटी अस्पतालको अवलोकन भ्रमणपछि उनीहरुले नेपाल अब मेडिकल हब बन्न यो अस्पतालले मद्दत पुग्ने समेत विश्वास दिलाएका थिए ।

भ्रमण गर्नेहरुमा पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग बाणिज्य महासंघका एसोसियट तर्फको उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, लोकमान्य गोल्छा, डिआईजी रमेश खरेल लगायतका ख्याँतिप्राप्त व्यक्तिहरु थिए । कार्यक्रममा अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले उपचारको लागि विदेश जानु नपर्ने विश्वास दिलाउन मेडीसिटिको स्थापना भएको विशवास दिलाए ।

३५० शैय्याको सुपर स्पेसालिटि अस्पतालमा अत्याधुनिक उपकरण र प्रविधिसँगै हरेक विधाको विशेषज्ञता सेवा रहेको जनाउँदै महतोले भने,“मेडिसिटी अस्पताल होइन अभियान हो, अत्यन्त ठूलो भवन अत्याधुनिक उपकरण सेवा सुविधा भएपनि सेवा शुल्क सर्वसाधारणले थेग्ने खालको छ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. सुनीलकुमार शर्माले अत्याधुनिक उपकरण र प्रविधिले चिकित्सा विज्ञानको सबैजसो विधामा बिश्वस्तरको उपचार मेडिसिटीले दिईरहेको दाबी गरे। उनले भविष्यमा अस्पताललाई ७५० शैय्यासम्म विस्तार गरिने समेत उल्लेख गरे ।

Skip This
Skip This
Logo