ढोरपाटन (बागलुङ) । बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–५ प्याङखोलामा गए राति बोबाङदेखि सालझण्डी–ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग१त ६९८० नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्टर चालक ढोरपाटन नगरपालिका–६ चामीदुवारका १८ वर्षीय आशिष घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए । ट्याक्टर सडकदेखि करिब ५० मिटर तल खसेको उनको भनाइ छ ।
चालकको शव भने दुर्घटनास्थलभन्दा ७० मिटर तल फेला परेको प्रहरी निरीक्षक मानन्धरले बताए । मध्यरातमा दुर्घटना हुँदा उद्धारमा केही समस्या भएको थियो । अहिले शवलाई भिरबाट निकालिएको उनको भनाइ छ ।





























प्रतिक्रिया