काठमाडौं । भारतसँगको सीमाबारे विवादित अभिव्यक्ति दिएपछि चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले लिपुलेक-लिम्पियाधुरा रहेको दार्चुला जिल्लास्थित अपी हिमालको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
शनिबार बिहान उनले अपी हिमालको बेस क्याम्पमा क्रिकेट खेलिरहेको दृश्यसहितको भिडिओ फेसबुकमा पोस्ट गरेका हुन्। सीमा विषयमा भारतसँग मुख्य विवाद रहेको जिल्ला नै दार्चुला हो।
यद्यपि प्रधानमन्त्री बालेनले क्याप्सनमा ‘अपी हिमाल बेस क्याम्प दार्चुला (Api Himal, Base Camp Darchula)’ मात्र लेखेका छन्। भिडिओको पृष्ठभूमिमा उनकै गीत ‘जय महाकाली’को संगीत छ।
भारतले नेपालको भूमि मात्र होइन, नेपालले पनि भारतको भूमि मिचेको छ भनेर संसद्मै बोलेपछि विपक्षीहरूले विरोध गरिरहेका बेला उनले पश्चिमी सीमा दार्चुलाको दृश्य सामाजिक सञ्जालमा राखेर प्रधानमन्त्री बालेनले आफू नेपाली भूमि रक्षामा प्रतिबद्ध रहेको सन्देश दिन खोजेका हुन सक्छन्।





























प्रतिक्रिया