बैङ्कक । आन्तरिक सुरक्षा अपरेसन कमान्ड क्षेत्र नः– ४ कमान्डका अनुसार दक्षिणी थाइल्यान्डमा शुक्रबार आक्रमणकारीहरूले विस्फोटक उपकरण विस्फोट गरी शिक्षक तथा सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् ।
सीमा क्षेत्रमा गस्ती गरिरहेका प्रहरीको ४४२ नः विशेष टास्क फोर्समा संलग्न शिक्षक तथा सुरक्षा एकाईमा सेवा गरिरहेका कर्मचारीहरू यला प्रान्तमा आक्रमणमा परेका थिए । विस्फोटमा सुरक्षा युनिटका छ जना सदस्य घाइते भएको तथा उनीहरूलाई तत्कालै उपचारका लागि स्थानीय अस्पतालमा लगिएको जनाइएको छ ।
सुरक्षा अधिकारीहरूले घटनास्थल सुरक्षित गर्न प्रभावित सडकलाई घेराबन्दी गरेका छन् । बम डिस्पोजल युनिटहरू र फरेन्सिक टोलीहरूलाई घटना स्थलमा अनुसन्धान तथा प्रमाण सङ्कलन गर्न पहुँचको सुविधा दिएको जनाइएको छ । -सिन्ह्वा





























प्रतिक्रिया