रास्वपा लुम्बिनी प्रदेश अधिबेशन, सभापतिमा शालिक घिमिरेको अग्रता

रास्वपा लुम्बिनी प्रदेश अधिबेशन, सभापतिमा शालिक घिमिरेको अग्रता

केन्द्रबिन्दु
9
Shares

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।

अधिवेशनअन्तर्गत हिजो राति भएको निर्वाचनमा कुल ५ सय ४२ मत खसेको थियो । आइतबार बिहानसम्म ३ सय मत गणना हुँदा सभापति पदका उम्मेदवार शालिक घिमिरे १ सय १ मतसहित अग्रस्थानमा रहेका छन् ।

प्राप्त मतपरिणामअनुसार गणेश पौडेलले ५०, गोपाल घिमिरेले ५२, मञ्जु भुसालले ४४, राजकुमार सुवेदीले ४३ तथा मधुप्रसाद अर्यालले १० मत प्राप्त गरेका छन् ।

बाँकी मत गणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । सभापति पदमा कसले बाजी मार्ने भन्ने विषयमा चासो बढेको छ ।

मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएपछि नयाँ नेतृत्वको टुंगो लाग्नेछ । सदस्यहरूको गणना सकिएपछि मात्र सभापतिको गणना थालिएको हो । ५१ प्रतिशत मत ल्याउनुपर्ने भएकाले पुनः निर्वाचन हुनसक्ने सहभागी प्रतिनिधले जनाएका छन् ।

Logo