काठमाडौं,२९,मंशिर
विगतका चुनावी नतिजा पूर्णरूपमा सार्वजनिक हुन नपाउँदै निर्वाचनको स्वागत गर्ने भारतले यसपटक केही दिन ढिलो मात्रै चुनावको स्वागत गरेको छ। प्रतिनिधिसभाका सबै स्थानको निर्वाचन परिणाम सार्वजनिक भएको एक दिनपछि बिहीबार मात्र भारतले नेपाली चुनावबारे आफ्नो धारणा सार्वजनिक गरेको हो। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको स्वागत गर्दै भारतले नयाँ सरकारसँग काम गर्न सरकार आतुर रहेको जनाएको छ।
बिहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै सो मन्त्रालयका प्रवक्ता रवीश कुमारले दुवै तहका निर्वाचन र नयाँ सरकारका लागि भारतले बधाई दिएको बताए । ‘नेपालमा शान्ति, स्थिरता र आर्थिक समृद्धि होस् भन्ने भारतीय चाहना छ, लोकतान्त्रिक प्रक्रियाबाट आउने नयाँ सरकारसँग मिलेर काम गर्न भारत आतुर छ।’ –उनले भनेका छन्। दुवै मुलुकको वर्षौं पुरानो घनिष्ठ सम्बन्ध रहेको स्मरण गर्दै रवीश कुमारले नेपालको आर्थिक समृद्धि र नेपाल–भारत सम्बन्धका सबै पक्षमा सहयोग गर्न भारत तयार रहेको बताए ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया