एलनिनो’ को कारण नेपालमा मनसुन भित्रिन अझै केही दिन लाग्ने

एलनिनो’ को कारण नेपालमा मनसुन भित्रिन अझै केही दिन लाग्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रशान्त महासागरमा विकसित भइरहेको ‘एलनिनो’ को कारण नेपालमा मनसुन भित्रिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन आगमनका विषयमा महाशाखाले एक विज्ञप्ती जारी गर्दै ‘एलनिनो’ अझै बलियो हुने क्रममा रहेकोले नेपालको मनसुनआगमनमा समेत प्रभाव पर्ने र दक्षिण एसिया लगायत नेपालको मनसुन कमजोर हुन सक्ने सम्भावना देखिएको जनाएको छ।

नेपालमा मनसुन सरदर जुन १३ मा प्रवेश गर्ने गर्दछ। तर यस वर्ष नेपालमा हालसम्म मनसुनको आगमन भइसकेको छैन। भू-उपमग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणको आधारमा नेपालमा मनसुन आगमन अझ केहीदिन डिलो हुने सम्भावना रहेको महाशाखाका प्रवक्ता विभूति पोखरेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपालमा हालसम्म पनि पश्चिमी वायुको सकियदाका साथै स्थानीय ववयुको कारणले बिशेष’गरी कोशी प्रदेश, बगमती प्रदेश र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन सहितको मध्यम वर्षाको गतिविधि भइरहेको छ।

विगतका केही वर्षहरुमा पनि एलनिनोका प्रभावले मनसुन आगमन ढिलो भएको थियो। महाशाखाले जारी विज्ञप्ती अनुसार सन २००२ मा १५ जून, सन २००९ मा २३ जून, सन २०१६ मा १५ जून, सन २०१९ मा २० जून र सन २०२३ मा १४ जूनमा मनसुन भित्रिएको थियो । यस वर्ष पनि एलनिनोको कारण मनसुन भित्रिन ढिलो हुने विज्ञप्तीमा जनाइएको छ ।

यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमितरूपमा अघावधिक गर्दै जाने विज्ञप्तीमा जनाइएको छ ।

Logo