रु. १ लाख घुससहित समातिए मालपोतका सुब्बा काफ्ले

रु. १ लाख घुससहित समातिए मालपोतका सुब्बा काफ्ले

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २८ मंसिर ।

घुससहित मालपोत कार्यालयका एक सुब्बालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । मालपोतको रजिष्ट्रेसन फाँटमा कार्यरत सुब्बा देवराज काफ्लेलाई कार्यालयको भुइँतलामा घुस रकम लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । मालपोत कार्यालय भक्तपुरका नायव सुब्बा देवराज काफ्ले एक लाख घुस लिने क्रममा पक्राउ परेका हुन् ।

सूर्यविनायक नगरपालिका नंखेल स्थित जग्गाको डोर पास गर्ने क्रममा प्रचलित कानुुन अनुसार १५ हजार रुपैयाँँ दस्तुर सेवाग्राहीलार्ई बुझाउन लगाए पनि थप रु. एक लाख घुस मागेको सूचनाको आधारमा उनलाई अख्तियारले पक्राउ गरेको हो ।

काफ्लेमाथि थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

 

Logo