नारायणी माेडेल मावि बागमती प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालय

नारायणी माेडेल मावि बागमती प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालय

केन्द्रबिन्दु
957
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकास्थित नारायणी माेडेल माध्यमिक विद्यालय बागमती प्रदेशका सामुदायिक विद्यालयमध्ये प्रदेशकै उत्कृष्ट विद्यालयका रूपमा सम्मानित भएको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा गुणस्तरीय शिक्षा, उत्कृष्ट शैक्षिक उपलब्धि, प्रभावकारी शैक्षिक व्यवस्थापन तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा पु-याएको उल्लेखनीय योगदानका आधारमा नारायणी नमूना माविले उक्त सम्मान प्राप्त गरेको हो।

यस विद्यालयले सामुदायिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै शैक्षिक उत्कृष्टताको उदाहरण प्रस्तुत गरेको छ । आधुनिक शिक्षण–सिकाइ पद्धति, प्रविधिमैत्री वातावरण, दक्ष शिक्षक टोली तथा विद्यार्थीकेन्द्रित शैक्षिक अभ्यासमार्फत विद्यालयले बागमती प्रदेशमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ ।

विद्यालयले शैक्षिक उपलब्धिसँगै नेतृत्व विकास, खेलकुद, विज्ञान तथा प्रविधि, अतिरिक्त क्रियाकलाप र सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत उल्लेखनीय योगदान पु-याउँदै आएको छ।

केन्द्रबिन्दुले शैक्षिक क्षेत्रमा अनुकरणीय कार्य गर्ने संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा यो अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ।

Logo