कतारविरुद्ध क्यानडाको गोल वर्षा, ६–० गोल अन्तरले विजयी

कतारविरुद्ध क्यानडाको गोल वर्षा, ६–० गोल अन्तरले विजयी

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत बिहीबार बिहान भ्यानकुभर रंगशालामा सम्पन्न खेलमा क्यानडाले कतारलाई ६–० गोलले पराजित गर्दै महत्त्वपूर्ण जित हासिल गरेको छ । विश्वकपको आगामी यात्रामा यो जितले क्यानडालाई थप मजबुद बनाएको छ ।

खेलको १६ औं मिनेटमा क्यानडाका साइल लरिनले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै जोनाथन डेभिडले ह्याक गोल गरे । उनले २९ औं, ४८ औं र ९२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे्का हुन् ।

पहिलो हाफमा ३–०ले अगाडि रहेको क्यानडाका लागि चौथो गोल डिलन सालिबाले ६४ औं मिनेटमा गरे । ७५ औं मिनेटमा कतारका मोहम्मद अल–मन्नाईले आत्मघाती गोल गर्दै क्यानडा ५–० को स्थितिमा थियो । खेलको ९२ औं मिनेटमा जोनाथन डेभिडले टिमका लागि छैटौं र व्यक्तिगत ह्याट्रिक पूरा गरे र क्यानडा ६–० गोल अन्तरले विजयी भयो ।

Logo