इरानसँगको सम्झौताको आलोचना ‘मूर्खतापूर्ण अभिव्यक्ति’ : ट्रम्प

इरानसँगको सम्झौताको आलोचना ‘मूर्खतापूर्ण अभिव्यक्ति’ : ट्रम्प

केन्द्रबिन्दु
3
Shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानसँगको सम्झौताका आलोचकहरूको आक्रोश पोख्दै युद्ध अन्त्यका लागि सहुलियत दिएको आरोप ‘मूर्खतापूण अभिव्यक्ति’ भएको बताएका छन् ।

ट्रम्प र उनका इरानी समकक्षीले मध्यपूर्व युद्ध अन्त्य गर्ने समझदारीपत्रका छुट्टाछुट्टै इलेक्ट्रोनिक प्रतिमा हस्ताक्षर गरेपछि तेलको मूल्यमा गिरावट आएको छ, स्ट्रेट अफ होर्मुज पुनः खुल्नेभएको छ तर दुई देशबचिको दुई महिना लामो वार्ता बाँकी छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँसँग बुधबार पेरिसबाहिर भर्साइलिजको दरबारमा आयोजित रात्रिभोजमा ट्रम्पले हस्ताक्षर गरेका थिए । पहिलो विश्वयुद्ध अन्त्य गर्ने सन्धिमा हस्ताक्षर गरेको दरबारमा म्याक्रोँले जी–७ शिखर सम्मेलनको आयोजनापछि हस्ताक्षर सम्पन्न भएको थियो ।

सम्झौतामा हस्ताक्षर गरेको केही घण्टापछि ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, “जब सेयर बजार भर्खरै उच्च रेकडर्को बिन्दुमा पुगेको छ र तेलको मूल्य ‘घट्दै’ छ, यस अवस्थामा सम्झौताको घोषणाको विरोध गर्ने यी मान्छेहरू कि त ईष्र्यालु, खराब वा मूर्ख हुन् ।”

इरानका राष्ट्रपति मसुद पेजेश्कियानले सम्झौतामा हस्ताक्षर गरेको इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अब सम्झौताको कार्यान्वयनको परीक्षण गर्ने समय आएको बताए । सप्ताहन्तमा सम्झौताको समाचार बाहिरिएदेखि घटेको मूल्यमा थप वृद्धि हुँदै बिहीबार कच्चा तेल तीन प्रतिशतभन्दा बढीले घटेको छ ।

यो सम्झौताले इरानसँग हालको अमेरिका–इजरायल द्वन्द्वको अन्त्य गरेको छ । अप्रिलको सुरूमा युद्धविराम नभएसम्म उनीह पाँच हप्तासम्म पूर्ण युद्ध लडेका थिए । युद्धमा इरानी आवागमनमाथि अमेरिकी प्रतिबन्ध घोषणा गरिएको थियो भने हर्मुजको घाँटीमा धेरै जहाजलाई प्रतिबन्धित गरिएको थियो, जसले ऊर्जाको मूल्यमा वृद्धि गरेको थियो ।

मध्यस्थता गर्न सहयोग गरेका पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले यो सम्झौतालाई तत्काल लागू हुने र इरानले तत्काल स्ट्रेट अफ हर्मुज खोल्ने बताए । उनले पनि मध्यस्थताका हैसियतमा सम्झौतामा हस्ताक्षर गरे ।

दुई महिनाको वार्ताको अवधि अब हर्मुजको जलमार्ग पुनः खोल्ने र इरानको आणविक कार्यक्रमको वार्तामा प्रगति गर्न सकिन्छ कि भनेर सबैको आँखा त्यतातिर पनि गएको छ । वाशिङ्गटनले लामो समयदेखि गोप्य बम बनाउने महत्वाकाङ्क्षाहरू लुकाएको शङ्का गर्दै आएको छ।

विश्व समुदायका अन्य नेतालेजस्तै म्याक्रोँले शान्तिका लागि अनुमति दिने सम्झौताको स्वागत गर्नुभएको छ । स्म्झौताले ‘स्ट्रेट अफ हर्मुज’लाई बिना कुनै कर खोल्न र आणविक ब्यालेस्टिक र क्षेत्रीय गतिविधिहरूमा सम्झौता गर्न ६० दिन’ को अनुमति दिएको छ ।

इरानका मुख्य वार्ताकार तथा संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले शुक्रबार स्विट्जरल्यान्डको एक विशेष पर्वतीय रिसोर्टमा प्रत्यक्षरूपमा सम्झौतामा हस्ताक्षर गर्नेछन् ।

बघाईले भने, “व्यक्तिगत समारोहको अब आवश्यकता छैन।” पाकिस्तानी प्रधानमन्त्री शरिफले शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक समारोहका साथै प्राविधिक छलफल पनि हुने बताए ।

सम्झौता अन्तर्गत वाशिङ्गटनले इरानको अर्थतन्त्रलाई कमजोर बनाउने तेल प्रतिबन्धहरू तुरुन्त माफ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र इरानको आणविक कार्यक्रमबारे अन्तिम सहमति भएपछि अमेरिकाले क्षेत्रीय राष्ट्रहरूको सहयोगमा ३०० अर्ब डलरको पुनर्निर्माण कोष पनि जारी गर्ने सहमति गरेको छ ।

जेनेभामा संयुक्त राष्ट्रसङ्घको आणविक निकायका प्रमुख राफेल ग्रोसीले अमेरिका–इरान सम्झौता कार्यान्वयन गर्न आवश्यक ‘ठोस कदम’लाई परिभाषित गर्न आफूहरु तयार रहेको बताए ।

अमेरिकी अधिकारीहरूले इरानले संयुक्त राष्ट्र सङघको निगरानीमा ‘युरेनियम भण्डारणस्थलमा ‘डाउन–ब्लेन्डिंग’ गरेर आफ्नो प्रवर्धित युरेनियम भण्डारलाई कम गर्नेछ । इजरायलले यसलाई खारेज गर्न लामो समयदेखि दबाब दिए पनि सम्झौतामा इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमको उल्लेख गरिएको छैन ।

सम्झौताको इरानभित्रका कट्टरपन्थीहरूबाट केही आलोचना भएको छ, जहाँ सद्दाम हुसेनको इराकसँग सन् १९८० र सन् १९८८ को द्वन्द्वको तुलनामा द्वन्द्वलाई ‘थोपरिएको युद्ध’ को रूपमा वर्णन गरिएको छ ।

गालिबाफले यो सम्झौताले युद्धमा अमेरिकी ‘असफलता’ लाई पुष्टि गरेको दाबी गरे भने राष्ट्रपति पेजेस्कियनले यसलाई ‘ऐतिहासिक’ भने । तेह्र अमेरिकी सैनिकहरू मारिएको र अमेरिकी गोलाबारुद भण्डारको ठूलो हिस्सा प्रयोग गरिएको युद्ध अन्त्य गर्ने ट्रम्पको निर्णयले उहाँका केही सहयोगीहरूलाई घरमा अशान्त बनाएको छ।

यस्तो आलोचनाको अनुमान गर्दै ट्रम्पले जी–७ मा इरानले सम्झौता उल्लङ्घन गरेमा आफूले इरानमाथि बमबर्षा गर्न तयार रहेको बताए । राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीका अमेरिकी सिनेटर बिल क्यासिडीले यसलाई ‘दशकौंको सबैभन्दा खराब विदेश नीति गल्ती’ को संज्ञा दिए ।

ट्रम्पमैत्री समाचार च्यानल फक्स न्यूजले पनि आलोचकहरूलाई उद्धृत गर्दै सम्झौताले इरानको आणविक कार्यक्रम खारेज नगरी ‘ठूलो आर्थिक लाभ’ दिएको बताएको छ।

सम्झौताले लेबनान समीकरणको हिस्सा हुनुपर्दछ भनेर निर्दिष्ट गरेको छ, तर यसमा यो स्पष्ट छैन कि त्यस मोर्चामा युद्धको बारेमा अर्को ६० दिनमा छलफल हुनेछ कि छैन।

Logo