काठमाडौं,२६,मंशिर
प्रतिनिधिसभा निर्वाचनमा देशव्यापी धक्का बेहोरेको नेपाली कांग्रेसका अर्का एक प्रभावशाली नेताले झिनो मतान्तरले चुनाव हारेका छन्। कञ्चनपुर ३ बाट कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले २५८ मतले निर्वाचनमा पराजय बेहोरेका हुन् । लेखकलाई वाम गठबन्धनका उम्मेदवार एमालेका दीपकप्रसाद भट्टले २६ हजार ३६४ मत ल्याएर पराजित गरे । लेखकले २६ हजार १०६ मत ल्याए। अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका भट्ट ०५२ साल देखि राजनीतिमा सक्रिय छन्। ०५८ सालमा राष्ट्रिय परिषद सदस्य, ०५८ मा अनेरास्ववियु अध्यक्ष र ०६७ सालमा सम्पर्क समन्वयन कमिटीका सदस्य रहेका भट्ट सेना समायोजन विशेष समितिका सदस्य समेत थिए।
प्रदेश नम्बर ७ बाट प्रतिनिधिसभामा १६ सिट रहेकोमा कांग्रेसले एउटा मात्र सिट जितेको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुराबाट चुनाव जितेका हुन्।
अन्नपूर्णबाट































प्रतिक्रिया