इटहरी ,२६,मंशिर
सुनसरी क्षेत्र नम्बर ३ को मत परिणामलाई लिएर चौतर्फी चासो बढेको छ। क्षेत्र ३ का मतदाता, कार्यकर्ता र उम्मेदवारमा सबैभन्दा धेरै उत्सुकता छ। लामो समय सत्तामा रहेका र अहिले पनि उपप्रधानमन्त्री रहेका विजयकुमार गच्छदारले चुनाव हार्छन् कि जित्छन् , चिया पसल देखि सानाठूला सबै छलफलमा यो प्रश्न सुनिन्छ। गच्छदार चुनाव जसरी पनि जित्ने दाउमा छन्।
सत्ताको लागि दल खोल्दै, जोड्दै र जो सुकैसँग कार्यगत एकता गर्दै हिड्ने गच्छदारले सहजै हार स्वीकार नगर्ने अनुमान समेत धेरैले गर्न थालेका छन् । गच्छदार आफूलाई हार पछिको गच्छदारका रुपमा सोच्नै सक्दैनन् । मतदान गरे लगत्तै सञ्चारकर्मीसँग कुराकानी गर्दै आफू १४ हजार मत अन्तरले विजयी हुने दाबी गरेका थिए। अर्कोतिर उनकी प्रतिस्पर्धी एमालेकी भगवती चौधरी गच्छदारले बुथ क्याप्चर गर्लान् कि भनेर सधैं शंका गर्दै आएकी छिन्। त्यसैले मतदान देखि मतगणना सुरु हुँदा सम्म उनले नेपाली सेना सहितको कडा सुरक्षा माग गरेकी थिइन्। चौधरीले २९ हजार ३ सय २६ मत ल्याउँदा गच्छदारको मत २९ हजार १ सय ७१ छ।
अन्नपूर्णबाट































प्रतिक्रिया