प्रतिनिधिसभाका १ सय ४९ र प्रदेशसभाका ३ सय ३ क्षेत्रको मतगणना सम्पन्न

प्रतिनिधिसभाका १ सय ४९ र प्रदेशसभाका ३ सय ३ क्षेत्रको मतगणना सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २५ मंसिर । यही मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट ५ बजेसम्म प्राप्त विवरणअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १ सय ४९ र प्रदेशसभा सदस्यतर्फ ३ सय ३ प्रतिनिधि निर्वाचित भैसकेका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि पहिलो र दोस्रो चरणमा मतदान भएका ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म १ सय ४९ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यसैगरी प्रदेशसभा सदस्यका लागि पहिलो र दोस्रो चरणमा मतदान भएका सबै जिल्लाका ३ सय ३० निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म ३ सय ३ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

अब प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ १६ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका २७ निर्वाचन क्षेत्रको मात्र अन्तिम मत परिणाम प्राप्त हुन बाँकी रहेको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना भने जारी छ ।

Skip This
Logo