काठमाडौँ । नेपालमा फुटबल अब मैदानमा मात्र सीमित छैन। फुटसल, खेल स्क्रिनिङ, सडकमा देखिने फुटबल संस्कृति र सामाजिक सञ्जालमा बन्ने सामग्रीहरूले फुटबललाई युवामाझ अझ जीवित, उत्साहपूर्ण र अभिव्यक्तिमूलक बनाएको छ। आजका फुटबल प्रेमीहरू खेल हेर्ने मात्र होइन, आफ्नै तरिकाले खेलप्रतिको प्रेम व्यक्त गर्ने पुस्ताका रूपमा अगाडि आइरहेका छन्।
यही बदलिँदो फुटबल संस्कृतिलाई आत्मसात् गर्दै क्लियर मेनले नेपालमा आफ्नो नयाँ अभियान “क्लियर हेडले खेलौ” सार्वजनिक गरेको छ। फिफा वल्र्ड कप २०२६ सँगको क्लियर मेनको आधिकारिक विश्वव्यापी सहकार्य र क्रिस्चीयानो रोनाल्डोको उपस्थितिले यस अभियानलाई अझ विशेष बनाएको छ।
अभियानअन्तर्गत क्लियर मेनको सीमित संस्करण रोनाल्डो प्याक बजारमा ल्याइएको छ। उक्त प्याकमा क्रिस्चीयानो रोनाल्डोको तस्बिर र हस्ताक्षर समावेश गरिएको छ, जसले फुटबलप्रतिको जोस, आत्मविश्वास र उत्कृष्ट प्रदर्शनको भावना झल्काउँछ।
यस अभियानको मुख्य आकर्षण “क्लियर हेडले खेलौ” एन्थम हो। नेपाली हिप(हप क्षेत्रका चर्चित कलाकार गिरीश खतिवडाद्वारा प्रस्तुत गरिएको यो ऊर्जाशील गीतले क्लियर मेनको विश्वव्यापी सोच “प्ले विद अ क्लियर हेड” लाई नेपाली युवा र फुटबल संस्कृतिसँग जोडेको छ।
क्लियर मेनले यो अभियानमार्फत फुटबल मैदानमा मात्र होइन, जीवनका हरेक क्षणमा चाहिने स्पष्ट सोच, आत्मविश्वास र तयारीको भावनालाई अघि सारेको छ। युनिलिभर नेपालकी मार्केटिङ हेड सुरभि गोस्वामीले भनिन्,“आजको फुटबल प्रदर्शन मात्र होइन, अभिव्यक्तिको पनि माध्यम बनेको छ। यो अभियानमार्फत हामी नेपाली युवाहरूले फुटबललाई कसरी अनुभव गर्छन् भन्ने कुरासँग जोडिन चाहन्छौँ—चाहे त्यो फुटसल मैदानमा होस्, खेल स्क्रिनिङमा होस्, सडकमा होस् वा सामाजिक सञ्जालमा। क्लियर मेनको मुख्य सन्देश आत्मविश्वास र स्पष्ट सोच हो, जुन यस अभियानको केन्द्रमा छ।”
युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले भने, “यो अभियानले क्लियर मेन को विश्वव्यापी पहिचानलाई नेपाली संस्कृति र उपभोक्तासँग नजिक ल्याउने हाम्रो प्रयासलाई प्रतिबिम्बित गर्छ। फिफा वर्ल्ड कप २०२६ को विश्वव्यापी ऊर्जा र नेपालका फुटबल प्रेमीहरूको आफ्नै अभिव्यक्तिलाई जोडेर हामी उपभोक्तासँग अझ गहिरो र अर्थपूर्ण सम्बन्ध निर्माण गर्न चाहन्छौँ। क्लियर मेनले खेल मैदानभित्र होस् वा बाहिर, प्रशंसकहरूलाई आत्मविश्वासका साथ आफ्नो उत्कृष्ट रूप प्रस्तुत गर्न प्रेरित गर्छ।”
उपभोक्तासँगको संलग्नतालाई अझ बलियो बनाउन क्लियर मेनले नेपालमा पहिलो पटक सीआर७ एण्ड हेयरकट, वास एण्ड स्टाइलिङ्ग एक्पिरियन्स पनि ल्याएको छ। दराज मार्फत सीमित संस्करण रोनाल्डो प्याक खरिद गर्ने उपभोक्ताहरूले काठमाडौँको प्रिमियम सैलुन शृङ्खला लक्ष्मी सलुनमा यो विशेष अनुभव निःशुल्क प्राप्त गर्न सक्नेछन्।
यस अभियानलाई डिजिटल माध्यम, स्थलगत गतिविधि,टिकटकररिल्स चुनौती, सामग्री निर्माताहरूको सहभागिता र विभिन्न उपभोक्ता संलग्नता गतिविधिमार्फत विस्तार गरिनेछ। रोनाल्डो प्याक, विश्वव्यापी फुटबल सहकार्य, नेपाली सङ्गीत र युवा अभिव्यक्तिको संयोजनमार्फत क्लियर मेनले खेल, आत्मविश्वास र प्रशंसक संस्कृतिलाई एउटै अभियानमा जोडेको छ।





























प्रतिक्रिया