कक्षा १२ को नतिजामा पोखराको मदरल्याण्डको दबदबा, ११ जनाले ल्याए ३.९६ जिपिए

कक्षा १२ को नतिजामा पोखराको मदरल्याण्डको दबदबा, ११ जनाले ल्याए ३.९६ जिपिए

केन्द्रबिन्दु
0
Shares

पोखरा । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयले सानदार नतिजा हासिल गरेको छ । पोखरा-७, मासबारमा अवस्थित यस विद्यालयका ११ जना विद्यार्थीले ३.९६ जिपिए प्राप्त गरेका छन् ।

मदरल्याण्डले गत वर्ष पनि १२ जना विद्यार्थीले ३.९६ जिपिए ल्याएर ‘नेपाल टप’ गराउँदै ऐतिहासिक सफलता पाएको थियो, जसलाई यस वर्ष पनि निरन्तरता दिन विद्यालय सफल भएको छ ।

यस वर्ष ३.९६ जिपिए ल्याउने उत्कृष्ट विद्यार्थीहरूमा १ जना व्यवस्थापन र १० जना विज्ञान संकायका रहेका छन् । विद्यालयका अनुसार व्यवस्थापनतर्फ दृश्या घिमिरेले यो सफलता हात पारेकी हुन् । यस्तै, विज्ञान संकायतर्फ आशिष बस्ताकोटी, दीक्षा घिमिरे, इक्युटी पौडेल, जस्मिन बोहोरा, कृपा बराल, कृस्टिना पौडेल, मिजल पराजुली, रेडियस पोखरेल, सम्पूर्ण शर्मा र श्रेया तामाङले ३.९६ जिपिए हासिल गरेका छन् । यीमध्ये आशिष, इक्युटी, कृपा र रेडियसले यसअघिको एसईई (SEE) परीक्षामा पनि सिंगो ४ जिपिए ल्याएर आफ्नो उत्कृष्ट शैक्षिक पृष्ठभूमि प्रमाणित गरिसकेका थिए ।

विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार यसपटक परीक्षामा सहभागी कुल ४०७ जना विद्यार्थीमध्ये ४०३ जना अर्थात् ९९.०२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण विद्यार्थीमध्ये २०८ जनाले ३.६० भन्दा माथि जिपिए ल्याएर उत्कृष्ट श्रेणी हासिल गरेका छन् । त्यस्तै, १४३ जना विद्यार्थीले ३.२० देखि ३.६० सम्म, ४६ जनाले २.८० देखि ३.२० सम्म र ६ जना विद्यार्थीले २.४२ देखि २.८० सम्म जिपिए प्राप्त गरेका छन् ।

Logo