काठमाडौं । काठमाडाैंकाे भगवतीबहालमा अवस्थित इन्स्टिच्युट अफ इन्टरनेशनल म्यानेजमेन्ट साइन्स कलेज (आइआइएमएस)ले आफ्नो वार्षिक प्रमुख कार्यक्रम ‘सिएनएस फेस्ट २०२६’ शनिबार आयोजना गर्ने भएको छ ।
मलेसियाकाे टेलर्स युनिभर्सिटीसँग आबद्ध यस कलेजका क्लब्स एन्ड सोसाइटिज (सिएनएस) को आयोजनामा हुने यो फेस्ट विद्यार्थी उत्कृष्टता, नवप्रवर्तन, नेतृत्व विकास, उद्यमशीलता र सांस्कृतिक अभिव्यक्तिको भव्य उत्सवको रूपमा प्रस्तुत हुन लागेको हो ।
यस कार्यक्रममार्फत विद्यार्थीहरूले आफ्नो सीप र क्षमता प्रदर्शन गर्नुका साथै उद्योग क्षेत्रका विज्ञहरूसँग अन्तरक्रिया गर्ने, व्यावसायिक सञ्जाल विस्तार गर्ने र कक्षाकोठा बाहिर व्यावहारिक अनुभव हासिल गर्ने अवसर प्राप्त गर्नेछन् । आइआइएमएस कलेजका अनुसार, सिएनएस फेस्टले कलेजको विविधतापूर्ण विद्यार्थी समुदायको सिर्जनशीलता, प्रतिभा र सक्रिय सहभागितालाई उजागर गर्ने महत्वपूर्ण मञ्चको रूपमा स्थापित हुँदै आएको छ ।
कार्यक्रमलाई भव्य र आकर्षक बनाउन नेपालका चर्चित सांगीतिक कलाकारहरू जोन एन्ड द लोकल्स, ओएसिस थापा, सुनिल पण्डित र रचना रिमालको विशेष प्रस्तुति रहनेछ ।
त्यसैगरी फेस्टका प्रमुख विशेषताहरूमा इन्टरएक्टिभ प्रदर्शनी तथा कर्पोरेट स्टल, नेटवर्किङ कार्यक्रम तथा विभिन्न प्रतियोगिता, अनुभवमूलक सिकाइ गतिविधि र विद्यार्थी नेतृत्वमा सञ्चालित प्रस्तुतीहरू हुनेछन् ।
आयोजक समितिका अनुसार, सिएनएस फेस्ट केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई विद्यार्थीहरूको नेतृत्व क्षमता, सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन दिने सशक्त मञ्च हो । “विद्यार्थी प्रतिभा र अवसरबीचको दूरी घटाउँदै उनीहरूलाई भविष्यका लागि आवश्यक व्यावहारिक अनुभव प्रदान गर्नु नै यो कार्यक्रमको मुख्य उद्देश्य हो,” समितिले भनेकाे छ ।
यो फेस्टले विद्यार्थी, प्रायोजक तथा सम्पूर्ण सरोकारवालाहरूका लागि दीर्घकालीन मूल्य सिर्जना गर्दै कलेज समुदायको उपलब्धि र सांस्कृतिक विविधतालाई उत्सवको रूपमा मनाउने लक्ष्य राखेको छ ।
आइआइएमएस कलेज नेपालका अग्रणी उच्च शिक्षण संस्थाहरूमध्ये एक हो । टेलर्स युनिभर्सिटी, मलेसियासँगको शैक्षिक सहकार्यमा सञ्चालित यो कलेजले अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूलाई विश्वव्यापी प्रतिस्पर्धाको लागि सक्षम बनाउने लक्ष्यका साथ शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।





























प्रतिक्रिया