काठमाडौं । शुक्रबार सार्वजनिक भएको कक्षा १२ को नतिजामा गुरुकुलतर्फ देवघाटधामस्थित वेद वेदाङ्ग संस्कृत विद्यापीठम्का सुधीर चालिसे सर्वोत्कृष्ट भएका छन् ।
उनी ३.९२ जिपिएसहित देशभरका गुरुकुलमध्येबाट सर्वोत्कृष्ट भएको विद्यापीठले जानकारी दिएको छ । उक्त विद्यापीठका १८ विद्यार्थीले ए प्लस र १५ जनाले ए ग्रेड सहित कक्षा १२ को परीक्षा उत्तिर्ण गरेका छन् ।
यो विद्यापीठ अष्टाङ्गयोगसिद्ध योगी ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा)ले वेद वेदाङ्गको रक्षाका लागि २०२३ सालमा स्थापना गरेको संस्कृत विद्यालय हो । यो देवघाट क्षेत्रको सबैभन्दा पुरानो संस्कृत विद्यापीठ पनि हो । हाल उक्त विद्यापीठ गलेश्वर आश्रमले सञ्चालन गरिरहेको छ । यो विद्यापीठमा गुरुकुलीय पद्धतिबाट वेद, व्याकरण र संस्कृत बाङ्मय लगायतको पठनपाठन हुन्छ ।
यो विद्यालयमा हाल ३०० विद्यार्थी अध्ययनरत छन् ।





























प्रतिक्रिया