काठमाडौं,२५, मंशिर
हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उपप्रधानमन्त्री सम्हालिसकेका विभिन्न दलका सात जना पराजित भएका छन्। पराजित हुनेमा कांग्रेसबाट ४, एमालेबाट १, माओवादीबाट १, राप्रपाबाट १ जना गरी ७ जना रहेका छन्। कांग्रेसका प्रभावशाली नेता समेत रहेका रामचन्द्र पौडेल पराजित भए भने एमालेका उपाध्यक्ष समेत रहेका वामदेव गौतमलाई पनि यो निर्वाचन फापेन। उता झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट कांग्रेसका कृष्णप्रसाद सिटौला पराजित भएका छन् ।
यता गोरखा–२ बाट वाम गठबन्धनका सूत्राधार समेत रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि पराजय व्यहोर्नु परेको छ। यस्तै मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट राप्रपाका कमल थापा पनि पराजित भएका छन्। कांग्रेसमा भर्खरै प्रवेश गरेका विजयकुमार गच्छदार सुनसरी–३ मा एमालेकी भगवती चौधरीसँग पराजित भए। धनुषा–३ मा कांग्रेस नेता विमलेन्द्र निधि राजपाका नेता राजेन्द्र महतोसँग फराकिलो मतान्तरले पराजित भएका छन्। कांग्रेसका डा. रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, डा.प्रकाशशरण महत, बलबहादुर केसी मात्र हैन चर्चित युवा नेता नवीन्द्रराज जोशी, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा र रामहरि खतिवडाले पनि पराजय भोग्नुपरेको छ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया