काठमाडौँ, २५, मंशिर
नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले आफू हारे पनि गठबन्धनले जितेकामा खुशी व्यक्त गर्दै काँधमा काँध मिलाएर अघि बढ्ने बताएका छन् । बर्दिया प्रतिनिधिसभा क्षेत्र नं १ बाट पराजीत भएपछि उपाध्यक्ष गौतमले एक विज्ञप्ति जारी गरी गठबन्धनको एउटा प्रमुख सूत्रधारको हैसियतले गठबन्धनले प्राप्त गरेको अपार सफलताबाट ज्यादै हर्षित भएको उल्लेख गरे । आफू व्यक्तिगत रुपमा पराजीत हुन परे पनि पार्टी र समग्र वाम गठबन्धनले हासिल गरेको अद्वितीय विजयले आफ्नो पराजयबाट रत्तिभर पनि निराशाबोध भएको छैन भन्दै उनले जनताले वाम गठबन्धन प्रति देखाएको अगाढ प्यार र विश्वासले अत्यन्त उत्साहित बनाएको बताए । “यो गठबन्धन क्रमशः पार्टी एकतामा रुपान्तरण हुँदै समाजवाद निर्माणको महत्वपूर्ण अध्यायमा मुलुक प्रवेश गर्ने कुरामा म विश्वस्त छु । यस विषयमा आफूले प्रस्तुत गर्नु पर्ने भूमिका र जिम्मेवारीमा म सधैँ, उत्तिकै र अझ ऊर्जाका साथ लागि पर्ने विश्वास पनि दिलाउन चाहन्छु”, विज्ञप्तिमा भनिएको छ । रासस































प्रतिक्रिया