ट्युनिसियाको पोष्टमा जापानको ४ गोल

ट्युनिसियाको पोष्टमा जापानको ४ गोल

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गत जापानले ट्युनिसियामाथि शानदार जित दर्ता गरेको छ। एकपक्षीय बनेको उक्त खेलमा जापानले ट्युनिसियालाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो।

खेल सुरु भएको चौथो मिनेटमै डैची कामाडाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ३१ औँ मिनेटमा आयासे उएडाले गोल गर्दै पहिलो हाफमै जापानको अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा पनि आफ्नो दबाब कायमै राखेको जापानका लागि ६९ औँ मिनेटमा जुन्या इटोले तेस्रो गोल गरे। खेलको अन्त्यतिर अर्थात् ८३ औँ मिनेटमा आयासे उएडाले व्यक्तिगत दोस्रो गोल गर्दै जापानलाई ४–० को सुनिश्चित जित दिलाए।

Logo