६१ वर्षिया बलिउड अभिनेता आमिर खानले गौरी स्प्रेटसँग तेस्रो विवाह गर्दै

६१ वर्षिया बलिउड अभिनेता आमिर खानले गौरी स्प्रेटसँग तेस्रो विवाह गर्दै

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । बलिउडका चर्चित अभिनेता आमिर खानले आफ्नी प्रेमिका गौरी स्प्रेटसँग आगामी जुलाई ५ मा विवाह बन्धनमा बाँधिने घोषणा गरेका छन्। ६१ वर्षीय अभिनेता खानको यो तेस्रो विवाह हो, जसलाई उनले निकै साधारण र निजी समारोहका रूपमा सम्पन्न गर्ने तयारी गरेका छन्।

उनले यो एक ‘रजिस्टर्ड म्यारिज’ हुने र जसमा परिवारका निकै नजिकका सदस्य तथा केही सीमित साथीहरूको मात्र उपस्थिति रहने बताए। आफू र गौरी दुवै विवाहलाई तडकभडक बिना शान्त राख्न चाहेको उनले स्पष्ट पारे।

आमिरले गत वर्ष आफ्नो ६० औँ जन्मदिनको अवसरमा गौरी स्प्रेटलाई पहिलो पटक सञ्चारमाध्यमको अगाडि सार्वजनिक गरेका थिए । त्यसयता यो जोडी विभिन्न सार्वजनिक कार्यक्रमहरूमा सँगै देखिँदै आएको छ, जसका कारण उनीहरूको सम्बन्धलाई लिएर सर्वसाधारणमा निकै चासो बढेको थियो।

गत महिनादेखि नै उनीहरूको विवाहको हल्ला व्यापक रूपमा चलेको भए तापनि हालै आमिरले यसको पुष्टि गरेका हुन्। आफ्नो सम्बन्ध गम्भीर र बलियो प्रतिबद्धतामा टिकेको बताउँदै आमिरले भने, “मैले मनैदेखि उनलाई आफ्नो श्रीमती मानिसकेको छु। अब विवाह मार्फत यस सम्बन्धलाई कानुनी रूपमा औपचारिकता दिनु हाम्रो यात्राको एक स्वाभाविक कदम हो।”

अभिनेता खानले आफ्नो विवाह र व्यक्तिगत कामका लागि केही समय चलचित्र क्षेत्रबाट विश्राम लिने समेत जानकारी दिएका छन्।

Logo