ट्रकसँग स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु

ट्रकसँग स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चितवनमा ट्रकसँग स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा भरतपुर महानगरपालिका–२६ दिव्यनगर बस्ने २२ वर्षीय अशोक भण्डारी र लमजुङ घर भई हाल भरतपुर महानगरपालिका–२० बस्ने १९ वर्षीय राजिव गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनीहरूको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । अतिथि पार्टी प्यालेसनजिकै भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा.प्र.०६००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

ट्रक चालक मकवानपुर राक्सिराङ गाउँपालिका ३ बस्ने २७ वर्षीय बाबुलाल थोकरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo