मंसिर, २३, काठमाडौं
हिजो अबेर गरि जिल्लामा शुरु भएको मतगणना अनुशार काभ्रेमा पनि बाम गठबन्धनकै अग्रता देखिएको छ । राती १० बजेको परिणाम अनुशार प्रतिनिधी सभा तर्फ काभ्रे १ मा बाम गठबन्धनका गंगाबहादुर दोङ १०५४ ले मत ल्याउँदा काँग्रेसका तीर्थ लामाले ४८७ मत पाएका छन् । त्यस्तै काभ्रे २ मा एमालेका गोकुल बाँस्कोटाले १३७२ र काँग्रेसका मधु आचार्यले ५६८ मत पाए । प्रदेश तर्फ पनि बाम गठबन्धन अघि देखिएको छ ।
प्रदेशसभातर्फ
१ क मा रत्न ढकाल १५८५ (बाम गठबन्धन)
सीबी लामा (लोकतान्त्रिक) ६०५
१ ख मा चन्द्र लामा (बाम गठबन्धन) ३४०
गणेश लामा २३१ (लोकतान्त्रिक)
२ क मा लक्ष्मण लम्साल (बाम गठबन्धन) ६३७
सुन्दरमणि आचार्य (लोकतान्त्रिक) २३१
२ ख मा कञ्चनचन्द्र वादे (लोकतान्त्रिक) ५०५
बसुन्धरा हुमागाई (बाम गठबन्धन) ३८५
मत पाएका छन् ।































प्रतिक्रिया