धादिङ, २३, मंसिर
धादिङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा वाम गठबन्धनबाट नेकपा (एमाले) का राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३३२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मधुकुमार श्रेष्ठले १३ हजार ६८५ मत प्राप्त गरे। यसैगरी सोही क्षेत्रको प्रदेशसभा (ख) मा वाम गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्मरकट्टेल २३ हजार ३८२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४०७ मत प्राप्त गरेका थिए ।
रासस































प्रतिक्रिया