काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग गर्दै दायर भएको बन्दी प्रत्याक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
बिहीबार न्यायाधीश श्रीकान्त पौडेलको इजलासले सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा थुनामा राख्नुको कारण देखाऊ आदेश जारी गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग सो कारण माग गरेको हो ।
पौडेललाई पक्राउ गर्नुपर्ने पर्याप्त कानुनी आधार नभएको भन्दै थुना बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग रिट निवेदनमा उल्लेख छ । हाल उनलाई ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।





























प्रतिक्रिया