रास्वपा पदाधिकारीहरुको मतदान राति ९ः१५ बजेदेखि सुरु हुने

रास्वपा पदाधिकारीहरुको मतदान राति ९ः१५ बजेदेखि सुरु हुने

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले परिमार्जित राष्ट्रिय महाधिवेशन निर्वाचन कार्यतालिका २०८३ सार्वजनिक गरेको छ। आयोगले ‘राष्ट्रिय महाधिवेशन निर्वाचन कार्यविधि, २०८३ को दफा ९ बमोजिम’ पाँचौ पटक संशोधन गर्दै नयाँ कार्यतालिका पुनः प्रकाशन गरेको हो।

पहिलो चरणको परिणाम घोषणा भएपश्चात् बिहीबार बेलुका ५:०० बजेदेखि दोस्रो चरणको तयारी सुरु हुनेछ। पार्टीको केन्द्रीय पदाधिकारी पदका लागि उम्मेदवारी फारम वितरण तथा दर्ताको समय बेलुका ६:३० देखि ७:०० बजेसम्म तोकिएको छ। उम्मेदवारहरूको प्रारम्भिक नामावली साँझ ७:३० बजे प्रकाशन गरिनेछ भने उम्मेदवार विरुद्ध दावी वा विरोध गर्नका लागि साँझ ८:०० बजेसम्मको समय दिइएको छ।

दावी-विरोधमाथि जाँचबुझ गरी उम्मेदवारी फिर्ता लिने अन्तिम समय साँझ ८:३० बजेसम्म रहने र त्यसको १५ मिनेटपछि अर्थात् साँझ ८:४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ। अन्तिम नामावली प्रकाशनसँगै साँझ ८:४५ देखि ९:१५ बजेसम्म आधा घण्टाको मौन अवधि रहनेछ।

मौन अवधि सकिएलग्दै असार ११ गते राति ९:१५ बजेदेखि १२:१५ बजेसम्म पार्टी पदाधिकारी चयनका लागि मतदान हुनेछ। मतदान सम्पन्न भएपछि असार १२ गते राति १२:१५ बजेदेखि १:१५ बजेसम्म मतगणना गरिनेछ र सोही राति १:३० बजे पदाधिकारीको अन्तिम मतपरिणाम घोषणा गर्दै निर्वाचनका सम्पूर्ण प्रक्रिया सम्पन्न हुने कार्यतालिकामा उल्लेख छ।

Logo